राजनीति प्रदेश ३

सत्ता पक्षकै नेताहरू किन थाले मुख्यमन्त्री पाैडेलकाे अालाेचना गर्न ?

सत्ता पक्षकै नेताहरू किन थाले मुख्यमन्त्री पाैडेलकाे अालाेचना गर्न ?

हेटौंडा । प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन । 

 

लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना हुन थालेको छ । 

 

प्रदेश सरकारमा सहभागी एमालेका मन्त्री तथा विभिन्न समितिका सभापतिसमेत संसदीय दलको बैठक नबसी छनोट गरिएको थियो । 

 

एमाले ३ नम्बर प्रदेश कमिटीले मुख्यमन्त्री पौडेललाई पार्टीसँग सहकार्य गरेर मात्र सरकार सञ्चालन गर्न भनेको थियो ।

 

 तर, उनले संसदीय दललाई समेत छलेर सरकार सञ्चालन गरिरहेको भन्दै पार्टीभित्र आलोचना शुरु भएको हो । 

डोरमणि पौडेल

विशेष