मुख्य समाचार राजनीति

'हामी बिहेअघिका बेहुला–बेहुली'

'हामी बिहेअघिका बेहुला–बेहुली'

काठमाडौं । विभिन्न आशंका उठिरहेका बेला एमाले र माओवादी केन्द्रका अध्यक्षले दुई पार्टीबीच एकता हुनेमा कार्यकर्तालाई आश्वस्त पारेका छन्।

 

कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अवसवर पारेर आईतबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले एकता आश्चर्यजनक रुप्मा कुनै पनि दिन हुनसक्ने बताए।

 

केन्द्रीय एकता संयोजन समितिले आयोजना गरेको कार्यक्रममा दुवै दललाई एकताबाट दायाँबायाँ गर्ने छुट नभएको दावी पनि दुवै अध्यक्षले गरे। हिजो जसरी एकता गर्ने विषयलाई आश्चार्यजनक रुपम हामीले अघि ल्यायौँ।

 

त्यसैगरी एकीकृत पार्टीको केन्द्रीय कमिटिी घोषणा पनि हुन्छ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने, बाहिर हल्ला भएको दिनमा हुँदैन। एकता संयोजन समितिल निर्माण गरेका कार्यदलहरुले पनि वैशाख नौ गते एकता गर्न सुझाव दिएका थिए।

 

दुवै दलका शीर्ष नेताहरुले पनि सो मितिमा एकता हुने दोहोर्‍याउँदै आए पनि एकता भएन। अाेलीले अहिले एमाले र माअाेवादी केन्द्र विवाहअघिका बेहुला र बेहुलीजस्तै भएकाे टिप्पणी गरेका थिए।  

 

'बिहे हुनुअघि बेहुला र बेहुलीका एउटै घर हुँदैन अाेलीले भने 'तर एउटै घर नभए पछि माया लाग्छ।  बिहे भएपछि घरकाे बाच्छाेकाे पनि माया लाग्छ र  बिरालाेकाे पनि माया लाग्छ।' याे खबर अाजकाे नागरिक दैनिकमा छ । 
 

एकता एमाले र माओवादी

विशेष