धनुषामा राेकेकाे बसमा एक्कासी आगलागी, बस जलेर नष्ट

फार्इल तस्वीर
धनुषा । धनुषामा सडकमा राखिरहेको बसमा एक्कासी आगलागी भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको हो ।
धनुषाधामको सडक छेउमा रहेको आरक्षित वनमा रोकेर राखेको बसमा बेलुका साढे ४ बजे आगलागी भएपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।
नजिकै रहेको धनुषाधाम नगरपालिकाको बारुण यन्त्र र स्थानीय प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिए पनि गाडीमा पूर्णरुपले क्षति पुगेको प्रहरीले जनाएको छ । आगो कसरी लागेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ ।
धनुषा बस आगलागी