मुख्य समाचार राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा जारी छ । 

 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज भएको आठौँ दिनको बैठकमा छ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राख्ने पार्टी कार्यालयले जनाएको छ । 

 

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । 

 

चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष-विपक्षमा तर्क गर्नेक्रम जारी छ । 

काँग्रेस बैठक

विशेष