मुख्य समाचार राजनीति

केन्द्रदेखि स्थानीय तहसम्म दुई पदीय नेतृत्व हुन्छः गृहमन्त्री बादल

केन्द्रदेखि स्थानीय तहसम्म दुई पदीय नेतृत्व हुन्छः गृहमन्त्री बादल

चितवन । गृहमन्त्री रामबहादुर थापाले एमाले-माओवादी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन्।

 

सोमबार पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरू पनि तय भइसकेको जानकारी दिए। 

 

संयोजन समितिले मिति तोक्नमात्रै बाँकी रहेको छ भन्दै गृहमन्त्री थापाले सामान्य प्राविधिक कारण ऐतिहासिक दिन वैशाख ९ गते एकता घोषणा हुन नसकेको प्रस्ट पारे ।

 


“जनयुद्धको भूमिकालाई संलेषण गर्ने र संगठनात्मक विषयमा नेतृत्वको संरचना कस्तो हुने भन्ने विषय पनि टुंगिइसकेको छ।” उनले भने, “बाँकी टुङ्ग्याउनु पर्ने विषय छैन। छिट्टै नै एकताको घोषणा हुन्छ।” 

 

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का सबै नेताको व्यवस्थापन गर्ने विषय पनि अन्तरिम विधानमार्फत टुंगो लागेको र केन्द्र, प्रदेश र जिल्लामा दुई पदीय नेतृत्व रहने छ भन्दै गृहमन्त्री थापाले कोही कसैका कारण दुई पार्टीको एकतामा असर नपर्ने उल्लेख गरे ।

 

अर्के एक प्रश्नमा मन्त्री थापाले प्रहरीको संरचना संघीय र प्रादेशिक हुने र त्यसका लागि मन्त्रिपरिषद्ले निर्देश गरिसकेको बताए ।

गृहमन्त्री बादल एमाले-माओवादी एकता

विशेष