राजनीति

चित्रबहादुर केसीको चिन्ता, 'पश्चिमा शक्तिले नेपाललाई रुवाण्डा बनाउन खोज्दैछन्'

चित्रबहादुर केसीको चिन्ता, 'पश्चिमा शक्तिले नेपाललाई रुवाण्डा बनाउन खोज्दैछन्'

काठमाडाैं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले, कांग्रेस र माअाेवादी केन्द्रलालाई राजनीतिलाई मागीखाने भाँडो बनाएको अाराेप लगाएका छन् ।

 

शुक्रवारदेखि बुटवलमा सुरु भएको अखिल नेपाल शिक्षक सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले यस्ताे बताएका हुन् । राजनीतिमा मान्छेहरू जोगी हुन पनि तयार हुनुपर्ने भन्दै नेताहरूसँग त्याग नभएकाे उनकाे गुनासाे छ ।

 

सुरूदेखि नै संघीयताकाे विराेध गर्दैअाएका केसीले जनताले संघीय प्रणालीको खर्च पुर्‍याउन नसक्ने टिप्पणी गरेका छन् । साथै संघीय प्रणाली देशकाे अार्थिक र भौगोलिक अवस्थाले धान्न नसक्ने भएकाले त्यसको विरोध गरिएको बताए ।

 

तराईलाई पहाडबाट अलग गराई नेपालमा अस्थिर कायम गर्न भारतले नेपालमा संघीयता ल्याउन खोजेको र जातीयता, क्षेत्रीयता भित्र्याएर नेपाललाई रुवाण्ड बनाउने गरी पश्चिमाहरूले नेपालमा संघीयता ल्याएकाे बताए ।

 

विशेष