'गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफै समाप्त हुनेछन्'

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गणतन्त्र र संघीयतामाथि प्रश्न उठाउनेहरु आफै समाप्त भएर जाने चेतावनी दिएका छन् ।
मंगलबार लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री पण्डितले लोकतन्त्रलाई कमजोर हुन नदिन सरकार सचेत रहेको पनि बताए ।
जनताका अधिकारलाई संस्थागत गर्दै जारी भएको संविधानलाई दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढने पनि स्पष्ट पारे ।
मन्त्री पण्डितले लोकतन्त्र कमजोर भएको आफूले सुन्न समेत नसक्ने पनि बताए ।
लालबाबु पण्डित गणतन्त्र संघीयता चेतावनी