राजनीति

तानाशाहीको लक्षण अझै देखिन बाँकि छ : प्रधानमन्त्री

तानाशाहीको लक्षण अझै देखिन बाँकि छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनमा देखिएका बेथिति अन्त्य गरेरै छाड्ने अठोट गरेका छन् ।

 

मदन भण्डारी स्मृति बाटिकाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकार देश बनाउने संकल्पमा दृढ छ । भ्रष्टाचार हुन दिन्नौँ, सुशासन र पारदर्शिता कायम गर्छौं । बेथितिलाई थितिमा ल्याएरै छोड्छौँ ।’

 

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि कृषिको आधुनिकीकरण र उद्योग स्थापना गरी रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे ।

 

उनले भने, ‘कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो उड्दैन, मेलम्चीको पानी छिट्टै आउँछ र आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ ।’

 

‘काठमाडौँ–निजगढ द्रुत मार्ग निर्धारित समयमै सम्पन्न गरिने, निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढाइने, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको काम चाँडो सम्पन्न गर्ने गरी काम अघि बढायँने दावी गरे ।

 

प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, जननेता मदन भण्डारी, लौह पुरुष गणेशमान सिंह र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्र निर्माण र समाज परिवर्तनमा पु¥याएको योगदानको स्मरण गरे । उनले भने, ‘मदन भण्डारी राष्ट्रको चिन्तक र जनताको प्रतिनिधिका रुपमा स्थापित नेता हुनुहुन्छ । उहाँको योगदानलाई राष्ट्रले भुल्न हुँदैन ।’

 

‘कोही–कोही भन्छन् ‘तानाशाहीको लक्षण देखिन थाल्यो’ तानाशाहीको लक्षण अझै देखिन्छ, किनकि अब सडकहरु धुलो उड्दैन, मेलम्चीको पानी छिट्टै आउँछ र आउँदो हिउँदमा ४५६ मेगावाटको माथिल्लो तामाकोशीको बिजुली थपिँदैछ । काठमाडौँमा मेट्रो रेल बन्छ ।’

 

कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक स्थायित्व कायम भई मुलुक दिगो विकासको दिशामा अघि बढेको भन्दै यसमा कुनै ढिलासुस्ती र अलमल हुन नहुने धारणा व्यक्त गरे ।

 

जननेता मदन भण्डारी कम्युनिष्ट आन्दोलन, राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनका अग्रणी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले भण्डारीको शालिकसहितको सुन्दर पार्क आफैँमा अनुपम भएको बताए ।

 

कार्यक्रममा महान्यायाधिवक्ता अग्नि खरेल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो । सो अवसरमा प्राधिकरणका प्रमुख आयुक्त तिवारीले पार्कको साँचो  प्रमुख शाक्यलाई हस्तान्तरण गरेका थिए ।

 

कामनपा–३२ स्थित महादेवस्थन–कोटेश्वरमा तीन रोपनी १३ आना क्षेत्रफलमा पार्क निर्माण गरिएको हो । पार्कमा मदन भण्डारीको पूर्ण कदको शालिक निर्माण भएको छ ।

केपी शर्मा ओली तानाशाही

विशेष