मुख्य समाचार देश

चिनीको भन्सार दर बढाएकोमा पूर्वका व्यवसायीको विरोध

चिनीको भन्सार दर बढाएकोमा पूर्वका व्यवसायीको विरोध

विराटनगर । सरकारले चिनीको भन्सार मूल्य वृद्धि गरेकोमा पूर्वका उद्योगी ब्यपारीले विरोध गरेका छन् ।


भन्सार वृद्धिका कारण चिनीको चोरी तस्करी बढेको भन्दै यसले उद्योगी, उखु किसान तथा आम उपभोक्ता मारमा पर्ने भएकाले भन्सार मुुल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

 

मोरङ व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी चिनीको भन्सार मूल्य बढाउने निर्णय फिर्ता लिन माग गरेको हो । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै चिनीको भन्सार मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

 

मोरङ व्यापार संघका अध्यक्ष पवन शारडाले चिनीमा वृद्धि गरिएको भन्सार मुल्यका कारण पैठारी भएका चिनीहरु विराटनगर भन्सारको गोदाममा थन्क्याउन बाध्य भएको बताए ।

 

उद्योग संगठन मोरङका अध्यक्ष मुुकेश उपाध्यायले चिनीको भन्सार मुल्यमा गरिएको वृद्धिले सर्वसाधारणसमेत प्रभावित हुने बताए ।

विरोध भन्सार दर पूर्वका व्यवसायी

विशेष