नविना लामा विवाहमा बन्धनमा

ललितपुर । प्रतिनिधिसभाकी सांसद एवम् अनेरास्ववियुकी अध्यक्ष नविना लामा र प्रविन श्रेष्ठले आज विवाह गरेका छन् ।
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा विवाह समारोहको आयोजना गरी लामा र श्रेष्ठले १४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । श्रेष्ठ अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य हुन् ।
विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत राजनीतिक दलका नेता, कार्यकर्ता, अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
नविना लामा प्रविन श्रेष्ठ