समाज राजनीति

मोटोपनले मानिसको जीवनको दुई महिना घट्न सक्छ !

मोटोपनले मानिसको जीवनको दुई महिना घट्न सक्छ !

हालै गरिएको एक शोधले हरेक एक किलो मोटोपनले मानिसको जिवनको दुई महिना आयु घट्ने पत्ता लगाएको छ । यस्तै दिनको एक प्याकेट चुरोट पिउने व्यक्तिको आयु सात वर्ष कम हुने उक्न अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

 

बेलायतको एडिनबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताले विभिन्न व्यक्तिका जेनेटिक कोड (वंशाणुगत संहिता) वा डिएनएको अध्ययनबाट यस्तो पत्तालगाएका हुन् ।


यो अध्ययनले मानिसलाई स्वस्थ जीवन जिउन र आयु लामो बनाउन सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् । ६ लाख भन्दा बढी मानिसको जेनेटिक कोड वा डिएनए यो अनुसन्धानमा प्रयोग भएको छ ।

 

एकै व्यक्तिमा धुम्रपान, रक्सी सेवान, विद्यालय शिक्षा पूरा नभएको र मोटोपन पनि भएमा स्वस्थ जीवनको कारक यो नै हो भनेर यकिन गर्न कठिन हुने पनि देखिएको छ ।

 

मोटोपन नियन्त्रण गर्ने, धुम्रपान कम गर्दै लैजानले, रक्सी सेवन कम गर्ने तथा शिक्षा प्राप्ती वा शिक्षा सम्बन्धी गतिविधिमा बढी समय बिताउने हो भने स्वस्थ जीवन प्राप्त गर्न सकिने र आयु पनि लामो हुने अनुसन्धानले देखाएको छ । एजेन्सी

मानिस जिवन

विशेष