अन्तरवार्ता

पूर्वमन्त्री कृपाशुरका छोरा भन्छन्, ‘बुवाले अन्याय गरे पनि अदालतले अंश दिलाउने भयो’ (भिडियो)

पूर्वमन्त्री कृपाशुरका छोरा भन्छन्, ‘बुवाले अन्याय गरे पनि अदालतले अंश दिलाउने भयो’ (भिडियो)

काठमाडौं । मन्त्रीका छारोले नै नागरिकता पाउन मरिमेटी गर्नु परेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर पूर्वमन्त्री कृपाशुर शेर्पाका छोरा गणेशको हकमा त्यस्तै भयो । नागरिकताको त्यो प्रकरणपछि हालै गणेशले अंश मुद्दा जितेका छन् । 

 

गणेशले नागरिकता पाएको धेरै पछि अंश पाउने निश्चितभएको छ । यसको लागि उनले फेरि कानुनी लडाइको बाटोमा हौमिनु प¥यो । त्यो लडाइबाट पनि छोराकै पक्षमा फैसला गरेको छ अदालतले । 

 

यो बीचमा  के कस्ता चुनौती खेप्नु पर्यो ? अहिले बाबुसँगको सम्बन्ध कसरी अगाडि बढिरहेका छ । यी यस्तै समस्याबारे नेपालआजले कुराकानी गरेको छ । बाबुसँग छोराले पाउनुपर्ने प्रत्येक अधिकारका लागि ठूलो संघर्ष गरिरहेका एमाले नेता एवं पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पा छोरा गणेश शेर्पासँग ।

 

कुराकानीका क्रममा गणेशले भावविह्ल हुँदै काठमाडौंमा बालबच्चा पाल्न साह्रै कष्टपूर्ण जीवन व्यतित गरिरहेको सुनाए । 


उनले भने,‘ बुबा पूर्वमन्त्री हुन् । तर के गर्ने मेरो कहिलै वास्ता गरेनन् । अन्य दाजुभाईहरु कारमा सवार गर्छन् । मैले भने एकछाक राम्ररी खान पाएको छैन । बुवाबाट पाउने अधिकारका लागि मैले सधै कानुनी लडानु पर्‍यो ।’ 


हिजो नागरिकता पाउन ठूलो संघर्ष गरेका भन्दै अंश माग्दा पनि नदिएकाले अदालत गएको गणेशले बताए । अदालले पनि अहिले आफ्नो पक्षमा फैसला गरेकाले अब अंशका लागि बुवासँगको अर्को लडाइ सुरु भएको उनी बताउँछन् ।

 

‘मैले सधै बुवासँग मिलेर बस्न चाहेको थिएँ । मलाई पनि बस्न र खानका लागि मात्र व्यवस्था मिलाइ दिनुहोस् भनेको हुँ । मेरो बारे अहिले सोच्ने फूर्सद देखाएनन् । घरमा जाँदा प्रहरीलाई नानाथरी कुरा लगाएर पक्राउन लगाए,’ उनले भने ।

 

अदालले मेरो पक्षमा फैसला गरिसकेको छ अब हामी मिलेर जानु पर्छ भन्दा पनि ४०÷४५ दिन भइसक्दा वास्ता नगरेको गुनासो गरे गणेशले ।

 

बुवाले अंश दिन चाहे पनि सानीआमा र भाईबहिनीे आफूले पाउने अंशको तगारो बनेको उनले सुनाए । करोडौं खर्च गरेर भाईको बिहे हुँदा पनि आफूलाई नबोलाएको प्रति दुःख व्यक्त गरे गणेशले ।

कृपाशुर शेर्पा गणेश शेर्पा

विशेष