केटाकेटीहरूलार्इ मनमोहन, पुष्पलाल र मदनकाेबारे सम्झाउनु पर्छः अाेली
काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यानर हटाउन खोजेको भन्दै असन्तुष्टि जनाएका छन् ।
कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसमारमा वैशाख ९ मा राष्ट्रियसभा गृहमा आयोजना गरिएको एमाले माओवादीको संयुक्त कार्यक्रममा लेनिनको फोटो नराखेको र माओवादी केन्द्रको नाम माकेमात्र लेखेको भन्दै माओवादी कार्यकर्ताले हल्ला गरेपछि व्यानर हटाइएको थियो ।
पोस्टर झिकेकोप्रति ओलीले असुन्तुष्टि जनाएका हुन् । ओलीले जुनदिनमा हामीले पुष्पलाल, मनमोहन र मदन भण्डारीको योगदानलाई विर्सन्छौँ त्यो दिन कम्युनिस्ट आन्दोलनको औचित्य पनि नरहने उल्लेख गरे।
‘इतिहास बोकेका व्यक्तिहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाइ भएन, उनले भने, यस्ता केटाकेटीहरुलाई सम्झाउनु पर्छ । बनाएर व्यानर फालेर उफ्रनु र पञ्चायतको विरुद्धमा उफ्रनु फरक कुरा हो ।’
यस्तै निकट भविष्यमै पार्टी एकता हुने उल्लेख गर्दै अाेलीले सबल सुदृढ र एकिकृत पार्टी निर्माण गर्न प्रतिबद्ध रहेको बताए।