मुख्य समाचार राजनीति प्रदेश २

समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौतीः प्रचण्ड

समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौतीः प्रचण्ड

रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् ।

 

रौतहटको चन्द्रपुरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’

 

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताए । 

 

कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको २०५० जेठ ३ मै हत्या भयो’ प्रचण्ड भने, शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिन्छु ।

 

उनले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्तालाई आव्हान गरे ।

प्रचण्ड

विशेष