विचित्र विश्व

अमेरिकी राष्ट्रपति ट्रम्पजस्तै देखिने यी महिला भार्इरल भएपछि...

अमेरिकी राष्ट्रपति ट्रम्पजस्तै देखिने यी महिला भार्इरल भएपछि...

काठमाडौं । ट्रम्पजस्तै देखिने स्पेनकी एक महिलाको फोटोले इन्टरनेटमा सनसनी मचाइरहेको छ । ‘ला भोज दे ग्यालिसिया’ नामकी उनी स्पेनकी एउटा सामान्य किसान हुन् ।

 

उनको कृषि जीवनको बारेमा त्यहाँको स्थानीय पत्रिकाले लेख लेख्ने क्रममा खिचेको फोटोमा उनी अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पजस्तै देखिएपछि इन्टरनेटमा भाइरल बनेकी हुन् ।

 

ग्यालिसिया आलु खेती गर्छिन् । तस्वीरमा उनी काँधमा कोदालो लिएर आफ्नो खेतमा हेरिरहेको देख्न सकिन्छ ।

 

इन्टरनेटमा भाइरल भएसँगै कसैले उनलाई ट्रम्प देखिरहेका छन् भने कसैले मेहेनती कृषक महिला देखिरहेका छन् । ‘मेरो फोटोले संसार यात्रा गरिरहेको छ भन्ने सुन्छु, यो मेरो कपालका कारणले हो,’ उनी भन्छिन् ।

ट्रम्प महिला स्पेन

विशेष