एमाले-माओवादीले टेकेको जमिन कांग्रेसकाे हाेः गगन थापा
चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले एमाले र माओवादी सच्चा कम्युनिष्ट नभएको आरोप लगाएका छन् ।
चितवनमा आयोजित संगठन सुदृढीकरण एवं पुनर्जागरण कार्यक्रममा थापाले एमाले लगायत देशका कम्युनिष्ट पार्टीहरुले विगत २६ बर्षदेखि आफूलाई कम्युनिष्टको रुपमा परिभाषित गर्दै आए पनि उनीहरु सच्चा कम्युनिष्ट नरहेको तर्क गरे ।
एमाले र माओवादीले टेकेको जमिन कांग्रेसको भएको उनको दाबी छ । उनले एमाले देशको ठुलो प्राईभेट कम्पनी भएको आरोप लगाए । नेता थापाले प्रदेश तथा स्थानीय तहमा ५ बर्षसम्म छायाँ सरकारको रुपमा काम गर्दै अगाडी बढ्नुपर्ने बताए ।
‘निर्वाचनमा भएको हारलाई लिएर बस्ने बेला यो होइन’ उनले भने, ‘अब फेसबुकमा फोटो पोष्ट गरेर, काठमाडौंमा नेता भेट्ने होइन ।एमालेले गर्ने हरेक आर्थिक अनियमिताको निगरानी गर्दै प्रतिवाद गर्नुपर्छ ।’
अबको ५ बर्ष भित्र पार्टीलाई सुदृढीकरण गर्दै अहिलेको मतदाता भन्दा १४ लाख मतदाता थपेर हिलो पार्टी बन्ने सपना उनले सुनाए ।
अब सवै कार्यकर्ता संगठित भएर छलफल गर्नुपर्ने भन्दै नेता थापाले भने, ‘असन्तुष्टि पोखेर मात्र बस्ने होइन, शिर उचो बनाएर काम गर्नुस्, चुनाव हारियो भनेर विचिलत हुन आवश्यक छैन ।’
गगन थापा