कविताः पशुपति जानू, पाप पखाल्नू
नरेन्द्र मोदी नेपाल आउँदा
नाकाबन्दीले १५ लाख नयाँ गरिब थपिएको देखाउनू
बलियो राष्ट्रले सानो राष्ट्रमाथिको अत्याचारको उदाहरण
‘नेपाल–भारत’ सम्बन्ध हो भनेर बुझाउनु
भारतीय एसएसबीले नेपालीको हत्या गरेको
प्रमाण दिनू
व्यापार घाटाको हिसाब दिनू
हाम्रो देशमा
हाम्रै पैसाले
तिम्रा ‘छौडा’ किन पालेको ? भनेर सोध्नू ।
नेपालबाट खर्बौं लैजान्छौं
दुइ चार लाखले नेपालमै छौंडा पाल्छौं
ती छौंडाले नेपाली भएर तिम्रो भक्ति गाउँछन्
यति गरेर पनि के भयो त ?
तिमी पनि गरिब
हामी पनि गरिब
छिमेकीको समृद्धिमा आफ्नो दूर्गति देख्छौं
छिमेक शान्त हुँदा
आगो सल्काउँछौं
हाम्रा आतंकवादीलाई मासुभात खुवाउँछौं
नेपालआमालाई वेश्या भन्नेलाई
रातो कार्पेट विच्छयाउँछौं
यति गरे पनि के भयो त ?
हाम्रो जनसंख्या भन्दा
तिम्रो देशमा मगन्ते बढी छन् ।
आणविक हतियार बोकेर
दोक्लाममा ढुंगा हानाहान गर्छौं
नसकिनेसँग ढुंगा हानाहान गर्छौ
बहादुरी देखाउँछौं
निर्धो भन्ने ठानेर हो कि के हो ?
नेपालीका छातीमा गोली बर्साउँछौं
भूकम्पले थलिएको बेला
नाकाबन्दीको उपहार दिने
छिमेकीलाई फेरि स्वागत छ
छिमेकी रुवाएर पशुपति जानू
पाप पखाल्नू ।
–ध्रुव रिजाल, काठमाडौं ।