मुख्य समाचार राजनीति

कांग्रेस बैठक अझै लम्बिन सक्ने सम्भावना, निर्णयको मस्यौदा पेश भएपछि देउवाले जवाफ दिने 

कांग्रेस बैठक अझै लम्बिन सक्ने सम्भावना, निर्णयको मस्यौदा पेश भएपछि देउवाले जवाफ दिने 

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज चलिरहेकाे  छ । आजको बैठकमा महामन्त्री डा. शशांक कोइरालाले निर्णयको प्रस्ताव पेश गर्ने र त्यसलाई संशोधन सहित पारित गर्ने कार्यक्रम रहेको छ ।

 

साथै सभापति शेरबहादुर देउवाले बैठकमा उठेका विषयहरुमा जवाफ दिँदै पार्टीको भावी कार्यदिशाका बारेमा धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

 

बैठकमा नेताद्वय विजयकुमार गच्छदारले र गोपालमान श्रेष्ठले लम्बेतान भाषण गरेपछि शुक्रवारको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेपछि देउवाको जवाफ दिने कार्यक्रम शनिबारका लागि सरेको हो ।

 

बैठकले महासमितिको बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्ने एक नेताले जानकारी दिएका छन् । त्यसैगरी पार्टीको विधान संशोधनका लागि पनि समिति बनाउने तयारी भएको छ ।

 

अन्य विभिन्न निर्णयहरु गर्न माग गर्दै बैठकमा पेश भएका प्रस्तावहरु निर्णयको प्रस्तावमा नसमेटिएमा सहमतिको प्रयासका लागि बैठक लम्बिन सक्ने सम्भावना पनि रहेको छ ।

 

आजको बैठक सकिएपछि पदाधिकारी चयन गर्नका लागि केहीदिनपछि निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ । चुनावमा पार्टी पराजयको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक केही दिनदेखि राजधानीमा बसिरहेको छ ।

कांग्रेस बैठक शशांक कोइराला प्रस्ताव पेश

विशेष