मुख्य समाचार देश

त्रिविका आंशिक प्राध्यापकले दिए कक्षा बहिष्कार गर्ने चेतावनी

त्रिविका आंशिक प्राध्यापकले दिए कक्षा बहिष्कार गर्ने चेतावनी

काठमाडौं । नेपाल आंशिक प्राध्यापक संघले दैनिक ज्यालादारीमा काम गरिरहेका आंशिक प्राध्यापकहरुलाई मासिक ज्यालादारी अर्थात करारमा नलगे आन्दोलनमा जाने चेतावनी दिएको छ । 

 

शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  संघले न्युन ज्याला दिएर सधैँभरी काममा लगाउने त्रिभुवन विश्वविद्यालयको कार्यशैलीले आफूहरु अन्यायमा परेको भन्दै नियमअनुसार प्राध्यापक नियुक्ति गर्न माग गरेको हो । 

 

६–६ महिनामा विज्ञापन गरेर क्याम्पसहरुमा प्राध्यापकहरु नियुक्ति गर्नुपर्नेमा आंशिक प्राध्यापक गराउने गरेकोप्रति संघले आपत्ति जनाएको हो । 

 

“वर्षौवर्षसम्म सेवा आयोगमा विज्ञापन नखोल्ने र हामी आंशिक प्राध्यापकहरुले दैनिक ज्यालादरीबाट मासिक ज्यालादरीमा मात्र लैजान माग गर्दा स्वतः स्थायी भन्ने अफवाह फैलाएर आंशिक प्राध्यापकहरुको इज्जत मान प्रतिष्ठामाथि खेलवाड गर्दै त्रिविले वौद्धिक शोषण गरिरहेको छ ।” संघको विज्ञप्तिमा भनिएको छ ।

 


पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. महेशकुमार गजुरेलले आफ्ना माग पूरा नभए आंशिक प्राध्यापकहरुले आइतबारदेखि नै पठन–पाठन, परीक्षा लगायतका त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने कुनै पनि कार्यक्रममा सहयोग नगर्ने चेतावनी दिए । 

 

त्रिविले आंशिक प्राध्यापकहरुको माग पूरा गर्ने सम्बन्धमा तदारुकता नदेखाएमा २३ गते हुन गइरहेका सिनेट नै विथाल्ने चेतावनी गजुरेलले दिए । 

त्रिभुवन विश्वविद्यालय नेपाल आंशिक प्राध्यापक संघ

विशेष