विप्लवलाई धक्का: जिल्ला ईन्चार्जसहित २५ जना प्रचण्डतिर
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ठुलो धक्का पुगेको छ। नेकपा सिन्धुपाल्चोकका जिल्ला ईन्चार्ज र सेक्रेटरीसहित २५ जना शनिबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
विप्लवका सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज चिरण तामाङ 'हिमाल' र जिल्ला सेक्रेटरी कमल माझीसहित २५ जना शनिबार पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुले विप्लवले क्रान्तिका कुरा गरेर पार्टीलाई अपराध र ध्वंशको बाटोलमा लगेको आरोपसहित विज्ञप्ति पनि निकालेका छन् ।
'हामी आवद्ध विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समात्न पुग्यो' उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख छ, 'क्रान्तिको अतृप्त भोकको पछाडि दौडेर गन्तव्यहीन यात्रामा लाग्नु भएका सबै कमरेडहरुलाई समेत समाजवादी राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन आब्हान गर्दछौं ।'
विप्लव समूह प्रचण्डतिर २५ जना