राजनीति

राष्ट्रपतिद्वारा फुयाल र योगीलाई संघीय संसदको सचिव नियुक्त

राष्ट्रपतिद्वारा फुयाल र योगीलाई संघीय संसदको सचिव नियुक्त

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि राजनीतिक नियुक्तिमा दुईजना सचिव नियुक्त भएका छन् ।

 

सभामुख कृष्णबहादुर महराको सिफारिशमा प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको सिफारिशमा राजेन्द्र फुयाल सचिव नियुक्त भएका हुन् ।

 

सचिवद्वयले राष्ट्रपति कार्यालयबाट नियुक्तिको पत्र बुझेका छन् । संविधानको धारा १ सय ६ मा सभामुख र राष्ट्रिय सभाको अध्यक्षको सिफारिशमा राष्ट्रपतिले सचिव नियुक्त गर्ने व्यबस्था छ ।

 

पत्रकार फुयाल यसअघि संसदीय मामिला पत्रकार समाजको अध्यक्ष थिए । उनले 'संविधानसभा : निर्वाचनदेखि अबसानसम्म' नामक पुस्तक लेखेका छन् ।

लामो समय कान्तिपुर पब्लिकेसनमा काम गरेका फुयालले 'संसदीय पत्रकारिता' पुस्तकको सम्पादन गरेका थिए । 

सचिव संघीय संसद गोपालनाथ योगी राजेन्द्र फुयाल

विशेष