मुख्य समाचार राजनीति

कांग्रेस बैठक सकियो : चुनावी हारको जिम्मा वाम गठवन्धनलाई !

कांग्रेस बैठक सकियो : चुनावी हारको जिम्मा वाम गठवन्धनलाई !

काठमाडौं  । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ३७ दिनपछि आइतवार साँझ सकिएको छ । चुनावी समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकले एमाले र माओवादी केन्द्रले गठवन्धन निर्माण गरि चुनावमा जाँदा पराजित गुनु परेकाे निष्कर्श निकालेको छ ।


नेताहरूले अा–अाफ्नाे जिम्मेवारीअनुसार हारकाे जिम्मेवारी लिनुपर्ने कांग्रेस केन्द्रीय समितिकाे बैठकले निर्णय गरेकाे छ । यसअघि चुनावमा भोगेको पराजयको जिम्मेवारी कसेले लिने भन्ने विवादले कांग्रेसको शनिवार बस्ने बैठक बस्दै नबसी स्थगित भएको थियो ।

 

बिहीवार नै सकिने भनिएको बैठक चुनावी हारको जिम्मा कसले लिने भन्ने विवादका कारण आइतवारसम्म लम्बिएको हाे । नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने अडान लिँदै आएको थियो भने देउवा पक्षले चुनावी हारको जिम्मेवारी सबै नेताले लिनुपर्ने अडान राखेको थियो । 

 

आइतवार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी भदौ महिनाभित्र महासमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । यद्यपि बैकठ भदौ कतिगतेदेखि शुरु हुनेछ भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । 

 

चुनावी समीक्षाका लागि चैत ९ गतेदेखि कांग्रेसको बैठक सुरु भएको थियो । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनका कारण रोकिएको बैठक वैशाख ९ गते पुन सुरु भएको थियो ।

कांग्रेस बैठक चुनावी समीक्षा

विशेष