राजनीति

पाैडेल पक्षकाे छुट्टै पत्रकार सम्मेलन, देउवाले बल मिच्याइ गरेकाे अाराेप

केन्द्रीय समितिको बैठकबाट भएका निर्णय आफूहरुलाई मान्य नहुने

पाैडेल पक्षकाे छुट्टै पत्रकार सम्मेलन,  देउवाले बल मिच्याइ गरेकाे अाराेप

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सकिन नपाउँदै विवाद सतहमा आएको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकबारे  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीव्र असन्तुष्टि जनाएको हाे ।  

 

पार्टी कार्यालय परिसरमै नेता रामचन्द्र पौडेल पक्षधरले पत्रकार सम्मेलनको आयोजना गरी विधान विपरित बैठकले निर्णय गरेको र पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको बल आरोप लगाए । 

 

उनले केन्द्रीय समितिको बैठकबाट भएका निर्णय आफूहरुलाई मान्य नहुने भन्दै यसको मूल्य पार्टीले चुनाउनु पर्ने चेतावनी दिए । उक्त पत्रकार सम्मेलनमा गगन थापा, हेमराज गुरुङ, कल्याण गुरुङ, रामशरण महतलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

काँग्रेस रामचन्द्र पौडेल पक्ष

विशेष