राजनीति

कांग्रेस युवा नेताहरुको ‘नोट अफ डिसेन्ट’ यसकारण राकियाे

कांग्रेस युवा नेताहरुको ‘नोट अफ डिसेन्ट’ यसकारण राकियाे

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुको  'नोट अफ डिसेन्ट' लेख्ने याेजना अन्तिममा अाएर रोकिएको छ । चुनावी हारको जिम्मा सभापतिसहित सबैले लिने र यस बहसलार्इ खुला राख्न नेतृत्व तयार भएपछि उनीहरू पछि हटेकाे स्राेत बताउँछ ।



स्राेतका अनुसार  पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षले तयार पारेको प्रस्तावमा युवा नेताहरुले सहमति जनाएनन् । प्रस्तावमा दुई कम्युनिष्ट पार्टी मिलेको, टिकट वितरण ढिला भएको, आन्तरिक व्यवस्थापन कमजोर भएको लगायतका कारण चुनाव हारेको र केन्द्रीय कार्यसमितिले जिम्मेवारी लिने उल्लेख थियो ।

 

यसमा उनीहरूकाे ठाडाे अस्विकार रयाे । यसबारे  युवा नेताहरुले त्यसमा आफूहरु सहमत नभएको भन्दै 'नोट अफ डिसेन्ट'लेख्ने अडान लिए । नोट अफ डिसेन्ट लेख्दा विभाजनको सन्देश जाने भन्दै नेताहरुले उनीहरूसँग दिनभर सहमतिको प्रयास गरे ।

 

 यसबीचमा चुनावी हारको समीक्षामा ‘पार्टी पराजयका कारणबारे केन्द्रीय समितिमा आएका विविध विचारमा परामर्श गर्दै जाने’ थप्न नेतृत्व तयार भए । विधान विपरीत बनेको संसदीय समितिसँगै कार्यसम्पादन समिति भंग गर्ने पनि सहमति भयो ।

 

अब विधानसम्मत रुपमा कार्यसम्पादन समिति गठन हुनेछ । जेठमा जिल्ला सभापतिहरुको भेला र भदौमा महासमिति बैठक बोलाउने निर्णय भएको छ । त्यसपछि उनीहरूले 'नोट अफ डिसेन्ट' नलख्ने मनसाय बनाएकाे एक नेताले बताए ।

 

तर  ७० वर्ष उमेर पुगेका नेताहरुले विदा लिनुपर्ने युवा नेताहरुको प्रस्ताव अस्वीकार गर्दै देउवा पार्टीमा लामो योगदान दिएका आफूलाई ‘गेट आउट भन्ने ?’ भन्दै कडि्कएको उनले बताए ।

कांग्रेस युवा नेता नोट अफ डिसेन्ट

विशेष