पदाधिकारी मनाेनयनका लागि बसेको कांग्रेस बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बाेलाएकाे निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । रिक्त पदाधिकारी मनाेनितका लागि सोमबारलार्इ बोलाइएको बैठक वैशाख २१ दिउँसो २ बजेसम्मका लागि सरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
आइतबार केन्द्रीय कार्यसमितिको बैठक सकिए लगत्तै सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बाेलाएका थिए । सभापति देउवाले आज पदाधिकारी मनोनित गर्ने तयारी गरेका थिए ।
तर सभापतिले सहमति नगरी बहुमतीय प्रकृयामा जान खोजेको भन्दै रामचन्द्र पौडेल पक्षधर नेताहरुले असन्तुष्टि यसबारे जाहेर गरेका थिए। ग्रेसमा महाधिवेशन भएको २ महिनाभित्र चयन गरिसक्नुपर्ने पदाधिकारी २६ महिनासम्म पनि मनाेनयन हुन सकेको छैन।
कांग्रेस विधानमा केन्द्रीय कार्यसमितिमा केन्द्रीय सभापतिले निर्वाचित सदस्यहरुमध्येबाट कार्यसमितका लागि नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिले मनाेनित गरेका एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको व्यवस्था गरेको छ।
६४ सदस्यीय रहे पनि खुमबहादुर खड्काको निधन पछि कांग्रेसको केन्द्रीय कार्यसमिति ६३ सदस्यीय छ । त्यसमा झन्डै ४० जना आफू पक्षका नेता भएको देउवा पक्षको दाबी छ । त्यसैले सभापतिले चाहेको नेता पदाधिकारीमा चयन हुने अनुमान थियो ।