राजनीति

ओलीको भारत भ्रमण दलमा तीन मन्त्री, दर्जन सांसद

ओलीको भारत भ्रमण दलमा तीन मन्त्री, दर्जन सांसद

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा तीन मन्त्री, १० सांसद, विभिन्न मन्त्रालयका अधिकारीसहित करिब ४० सदस्यीय प्रतिनिधिमण्डल र कलाकार, व्यवसायीसहित करिब ६० जना सहभागी हुने तय भएको छ ।

 

परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलको सूची सोमबार दिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय विदेश मन्त्रालयमा बुझाएको छ ।

 

भ्रमण टोलीमा प्रधानमन्त्री ओली, पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, वाणिज्यमन्त्री मातृका यादव र भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ रहनेछन् ।

 

ऊर्जासहित पाँच मन्त्रालयका सचिव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, एक दर्जन सांसद, निजी चिकित्सक र सुरक्षाकर्मीसमेत भ्रमण दलमा छन् । याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।

विशेष