निजी स्कुललाई विद्यार्थी नेताको चेतावनीः पशुपतिका साँढे झैँ छाडा छाडिन्न ! (भिडियो)
एकतापछि पनि एमाले–अखिलकै नेतृत्व
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको संघारमै केही विषयलाई लिएर मतभेद देएिको छ ।
यस विषयप्रति एमालेको भ्रातृ संगठन अनेरास्ववियुको धारण कस्तो छ ? एमाले माओवादीको एकीकरणपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच के आधारमा संगठन बन्छ ? एकीकृत विद्यार्थी संगठनको कार्यदिशा कस्तो हुन्छ ? यस्ता चासोबारे अनेरास्ववियु केन्द्रीय महासचिव तथा प्रभावशाली विद्यार्थी नेता ऐन महरसँग हामीले बहस गरेका छौँ ।
निजी विद्यालयलाई छाडिन्न
पछिल्लो समय निजी विद्यालयहरुले मनोमानी तरिकाले शुल्क वृद्धी गरिरहेका छन् । उनीहरु शिक्षाको नाममा ब्यापार गरिरहेका छन् । विद्यार्थी नेता महर भने त्यस्ता विद्यालयलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।
‘मनोमानी गर्दै शुल्क अशुल्ने स्कुल कलेजलाई पशुपतिको साँढे झैँ छाडा छोडिन्न,’ महरले नेपालआजसँग भने, ‘त्यस्ता स्कुललाई कारवाहीमा ल्याउन हामी सरकारलाई दबाब दिन्छौँ । कानुन पनि मिच्न खोजियो भने भोलि त्यस्ता स्कुल खारेज नै गरिनेछ ।’
पार्टी एकता
एमाले माओवादीलाई अब पार्टी एकताबाट पछाडी हट्ने अधिकार नभएको भन्दै जनाधार कुल्चन खोजेको खण्डमा विद्यार्थी संगठनले पार्टीहरुलाई दबाब दिने महरले बताए ।
दुवै दललाई मतदातताले एकताका लागि जनमत दिएको स्मरण गराउँदै उनले पार्टीहरुलाई पछि हट्ने हक नभएको बताए ।
‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टी एकता फिप्टी–फिप्टीको आधारमा’भन्ने कुरालाई तपाईँ कसरी लिनुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘प्रचण्डले मास तताउन त्यस्तो बोलेका हुन् । उनी आफैँले पार्टी एकताबाट पछाडी फर्कने पुल नै भाँचिएको भन्दैआएका छन् ।’
एकीकृत विद्यार्थी संगठन कस्तो ?
पार्टीको केन्द्रीय तहमा ७०–३० को आधारमा सदस्यता रहने बहस भइरहँदा विद्यार्थी संगठन पनि सोही अनुरुप एकीकरण बहुने महरको दाबी छ ।
एकीकरणपछि पनि मुख्य नेतृत्व एमाले अखिलले नै लिने उनले बताए ।
‘अनेरास्ववियु कहिल्यै दोस्रो हुन जानेको छैन,’ उनले भने, ‘अहिलेको जस्तो हैसियत छ यही अनुसार एकीकरण हुने हो ।’
यसबारे अनेरास्ववियु क्रान्तिकारीको आधिकारिक धारणा आनसकेको अवस्थामा अनेरास्ववियुका पदाधिकारीहरु भने आफ्नै नेतृत्व हुनुपर्ने बताउँदैआएका छन् । संगठनको केन्द्रीय अध्यक्ष बन्ने दाउमा रहेका महर एकीकरणपछि पनि नेतृत्वको लागि लबी गर्दैआएका छन् ।
अनेरास्ववियु ऐन महर विद्यार्थी नेता निजी विद्यालयलाई