मुख्य समाचार देश

यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते

यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते

 काठमाडौं । यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाउने क्रममा पडि्कएर एक किशोर घाइते भएका छन् ।

 

घाइते हुनेमा १३ वर्षका डेभिड लामा छन् । उनी बाबुआमासँगै हेटौंडा- लेबट घर भइ बबरमहलमा निर्माणधीन घरमा बस्दै आएका थिए । उनले काठको बटममा फलामको पाइप जोडेर त्यसमा सलाइको काँटीमा हुने बारुद हालेका थिए ।

 

त्यसलाई जलाउने क्रममा पड्किएर लामाको बाँया गालामा चोट लागेको प्रहरीले जनाएको छ ।

 

उनीको वीर अस्पतालमा उपचार भइरहेको छ । उनले यूट्युब च्यानल हेरेर घरेलु बन्दुक बनाएको खुलेको छ ।

वीर अस्पताल यूट्युब च्यानल घरेलु बन्दुक

विशेष