लोहनीको पार्टीमा राजीनामा दिनेहरुको लहर

काठमाडौं । प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीमा पहिरो जान थालेको छ । बुधबार सो पार्टीका चारजना महिला केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् ।
नेपाली राजनीतिमा नयाँ पार्टीका रुपमा उदाउन खोजेको यो पार्टीका चार महिला नेतृहरुले पार्टी छाडेपछि अध्यक्ष लोहनीलाई धक्का लागेको छ ।
राजीनामा दिनेहरुमा मिलन थापा, सविना श्रेष्ठ, सुनिता चापागाई र सपना अर्याल छन् । अर्याल पार्टीको महिला संगठनकी महासचिव पनि हुन् ।
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्टवादी महिला संगठनकी महासचिव अर्यालसँगै अन्य तीनले पनि राजीनामा दिएपछि पार्टीको आन्तरिक किचलो पनि मैदानमा छताछुल्ल भएको छ ।