विदेशीको प्रभावमा परेर धर्मसम्बद्ध विदा काटियोः विश्व हिन्दु महासंघ

काठमाडौं । सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णयप्रति विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले कडा निन्दा गरेको छ ।
महासंघ अध्यक्ष भरतकेशर सिंहले बुधबार एक विज्ञप्ति जारी गर्दै धर्मसँग सम्बन्ध राख्ने चाडपर्वमा दिइँदै आएको विदा काट्नु दूर्भाग्यपूर्ण रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देशको मौलिक धर्म, संस्कृति, गौरवमय परम्परा, रितिरिवाजलाई विदेशीको प्रभावमा परी हाम्रा चाडपर्वहरु घटस्थापना, कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी र राष्ट्रिय एकता दिवसजस्ता अति महत्वपूर्ण दिनहरुको विदा कटौति गर्ने तर अन्य धर्मालम्वीहरुलाई विदा दिने सरकारको निर्णय प्रति आपत्ति प्रकट गर्दै गम्भीर हुँदै तत्काल उक्त निर्णय सच्याउन नेपाल सरकारलाई आग्रह गर्दछौं ।’
महासंघको टोलीले हालै प्रधानमन्त्री केपी शर्मा होलीलाई पनि भेटेर विदा कटौति फिर्ता लिन आग्रह गरेको थियो ।