मुख्य समाचार राजनीति

सहकारीको माध्यामबाट मुलुकमा दिगो विकास हुन्छ : प्रचण्ड

सहकारीको माध्यामबाट मुलुकमा दिगो विकास हुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले जनतालाई अभाव हुन नदिने गरी मुलुकको आर्थिक विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  अध्यक्ष दाहालले सहकारीको माध्यामबाट मुलुकमा दिगो विकास गर्न सरकार सक्षम हुने विश्वास पनि व्यक्त गरे।

 

 राष्ट्रिय सहकारी महासम्मेलनको बिहीबार काठमाडौंमा समापन गर्दै उनले सामाजिक न्यायमा आधारित भएर समाजका सबै तहलाई सम्पन्न बनाउने सवैधानिक व्यवस्था कार्यान्वयन गरेर अघि बढनुपर्नेमा पनि जोड दिए।

 

अध्यक्ष दाहालले जनतालाई समृद्ध बनाउन आफूहरुले समाजवाद उन्मुख राज्य व्यवस्थाको परिकल्पना संविधानमै गर्नु परेको पनि स्पष्ट पारे।  
 

विशेष