मुख्य समाचार समाज प्रदेश ५

मायाँदेवी मन्दिर परिसरमै मानव अस्तु, लुम्बिनीको सुरक्षा कहाँ थिए ?

मायाँदेवी मन्दिर परिसरमै मानव अस्तु, लुम्बिनीको सुरक्षा कहाँ थिए ?

बुद्ध जन्मस्थल लुम्बिनीमा ६ वटा सुरक्षा दस्तालाई चुनौती दिँदै मायाँदेवी मन्दिर परिसर भित्रै मानिसको अस्तु फेला परेको छ। मायादेवी मन्दिर परिसर भित्र खाल्डो खनी गाडेको अवस्थामा कपाल र बंगारा फेला परेको हो।

 

मानव अस्तु जस्तै देखिने ३२ थान ठूलो पोका, एक सय ८७ थान सानो पोका, कपालको जगल्टाको १४ पोकासहित एक मानव बंगारा फेला पारेको हो।

 

यस घटनाले लुम्बिनी विकास कोष र सुरक्षा निकायको चरम लापरवाहीले लुम्बिनीमा गम्भीर सुरक्षा चुनौती उब्जिएको छ।

 

लुम्बिनी विकास कोषका अधिकृत चुरामणि भट्टराईले चैत १२ गते साँझ ५ बजेदेखि ६ बजेको समयमा मायाँदेवी मन्दिर परिसरमा खाडल खनेर गाडेको बताए।

 

उक्त समयमा ४०/५० जनाको ताईवानी भिक्षुहरू आएको उनले जानकारी दिए।


खाडल खनिएको स्थानमा बिहीबार खनेर हेर्दा केही पोकाहरूमा बालुवा, सिक्का, पत्थर तथा बंगारासमेत भेटिएकोले कुनै दिवंगत व्यक्तिको अस्तुधातु हुनसक्ने अनुमान गरिएको भट्टराईले बताए।

 

विभिन्न सुरक्षा निकायका गरी साढे तीन सयभन्दा बढी सुरक्षाकर्मीको घेरा तोड्दै लुम्बिनीको सबैभन्दा महत्वपूर्ण स्थानको रूपमा रहेको मायादेवी मन्दिर परिसरमै यस्तो घटना हुनुले लुम्बिनीको सुरक्षामाथि प्रश्न चिन्ह उब्जिएको छ।

 

लुम्बिनीको सुरक्षाका लागि १ सय ९७ जना सशस्त्र प्रहरी, ३३ जना दंगा प्रहरी, ७३ जना लुम्बिनी बिकास कोषका सुरक्षा गार्ड, ग्रुप फोरका १५ जना तथा ६ जना पर्यटन प्रहरी तैनाथ छन्।

 

तर यी सबै सुरक्षालाई छल्दै मायाँदेवी मन्दिर परिसरमा खाडल खनेर मानव अस्तु गाडिँदासमेत लुम्बिनी विकास कोष बेखबर बन्नु रहस्यमय बनेको छ।

 

अधिकृत भट्टराईले १२ गते अस्तु गाडिएपछि दुई चार दिनमै थाहा पाए पनि लुम्बिनीमा चलेको चैते पूर्णिमा मेलालाई प्रभाव पार्ने भएकोले बिहीबार मात्रै खाडल खनेर हेरिएको बताए।

 

‘अस्तु गाडिएको भन्ने केही दिन पहिले नै थाहा पाएका थियौं तर यति धेरै पोका छन् भन्ने लागेको थिएन,’ उनले भने।

 

ताइवानी नागिरककाे घुस खाएर सुरक्षाकर्मीले मानव अंग गाड्न दिएकाे खुलासा

बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्रमा मानिसको कपाल, रौँ, दाँत, नङ, हड्डी गाडेको भेटिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पूरातात्त्विकस्थल मायादेवी मन्दिर नजिकै ताइवानी नागरिकले सुरक्षाकर्मीलाई घुस दिएर यस्ता सामान गाडेको खुलासा भएको हाे। 

चैत १२ गते साँझ मायादेवी मन्दिरको सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई घुस दिएर ती सामान गाडेको र त्यहाँको माटो लिएर गएको पुरातत्त्व विभागका अधिकृत हिमाल उप्रेतीले बताए। अधिकृत उप्रेतीका अनुसार खाल्डोबाट साना र ठूला गरी २५० वटा पोका सामान निकालिएको छ। ती सामान कुन उद्देश्यले गाडिएका हुन् भन्नेबारेमा भने खुल्न सकेको छैन। 

 

बुद्ध जन्मस्थल लुम्बिनी मायाँदेवी मन्दिर अस्तु फेला

विशेष