राजनीति स्ट्रेट फरवार्ड

‘ओली पहिले बाघ बनेर गर्जिए, अहिले मुसो बनेर दिल्ली छिर्दैछन्’ (भिडियो)

सेनालाई भात खुवाएर पाल्ने हैन, बाटो खन्न लगाउनुपर्छ

‘ओली पहिले बाघ बनेर गर्जिए, अहिले मुसो बनेर दिल्ली छिर्दैछन्’ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भारत भ्रमणको तयारीमा छन् । चैत २३ देखि २५ हुने उक्त भ्रमणको विषयलाई चासोका साथ हेरिएको छ ।

 

सरकारले पूर्णता नपाउँदै प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको हतारो किन ? भनेर धेरैले सोधे पनि । भ्रमणको लागि यो उपयुक्त समय हो त ? 

 

नेपाली सेनाका पूर्व जर्नेल तथा नागरिक समाजका अगुवा डा. प्रेमसिंह बस्न्यातसँग हामीले यी नै विषयमा बहस गरेका छौँ । नेपालआजका लागि लोकेन्द्र भट्टले गरेको अन्तरवार्ताको क्रममा डा. बस्न्यातले प्रधानमन्त्री ओलीको भ्रमणमाथि कडा टिप्पणी गरेका छन् ।


प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री हुनासाथ भारत भ्रमण गर्ने प्रबृत्तिलाई बस्न्यातले ‘भारतको पाउमा परेको’ संज्ञा दिएका छन् । ओलीको भ्रमणलाई पनि उनले यही प्रबृत्तिसँग जोडेर ब्याख्या गरेका छन् । यसले भारतको नेपालप्रति हेपाहा सोच झनै मौलाउने उनको टिप्पणी छ ।

 

ओलीले यसपटक भारत भ्रमण नगरेर अन्य कुनै मुलुकको भ्रमण गरेको भए उचित हुने उनको सुझाव छ । पहिलेका प्रधानमन्त्रीले आफ्नो सरकार टिकाउन भारतको शरणमा पर्ने गरेको भन्दै ओलीको दुई–तिहाइ बहुमतको सरकारले भ्रमण गर्न नहुने उनको तर्क छ ।

 

प्रधानमन्त्री ओलीलाई बिगतमा बाघसँग तुलना गर्दै अहिले ‘मुसो झैँ लत्रेर भारत गएको’ उनको टिप्पणी थियो ।


सुरक्षा चासो

गृहमन्त्री रामबहादुर थापा बादलको पछिल्लो विवादित अभिव्यक्तिको बचाउ गर्दै बस्न्यातले बादलको प्रशंसा नै गरेका छन् । गृहमन्त्री बादलले सुरक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनेमा बस्न्यातको विश्वास छ ।

 

‘गृहमन्त्री बादलको पछिल्लो अभिव्याक्ति सकरात्मक छ,’ उनले भने, ‘सुरक्षा निकायका प्रमुखहरु नै बदमासी तिर लागे । गृहमन्त्री त ठीक हुनुन्छ । उहाँ शाहसी हुनुहुन्छ ।’

 

साथै अनावश्यक रुपमा सुरक्षा क्षेत्रमा कर्मचारी बढाइएको भन्दै भएकै जनशक्तिलाई प्रभावकारी बनाउनु उचित रहेको उनको तर्क छ ।


 

डा. प्रेमसिंह बस्न्यात स्ट्रेट फरवार्ड केपी शर्मा ओली राजकीय भारत भ्रमण

विशेष