मुख्य समाचार राजनीति

यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

काठमाडौं । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो - केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार (आज) तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् ।


संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । 


जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, 'नयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ ।'


नेपालले भारतसँग उठाउनै पर्ने मुद्दा
-पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
-ऊर्जा क्षेत्र
-अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना  
-सहुलियतपूर्ण ऋणको उपयोग  
-टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर  गण्डक नहर  
-डुबान  
-पुनर्निर्माण
-व्यापार तथा पारवहन  
-रेल कनेक्टिभिटी
-एलपिजी बुलेट्स  
-एकीकृत चेक पोस्ट  
-तराई सडक  
-नयाँ हवाई प्रवेश बिन्दु  
-पोलिटेक्निक इन्स्टिच्युट  
-कृषि क्षेत्रमा सहयोग  
-पशुपालन क्षेत्रमा सहयोग  
-महाकाली पुल
-मोतीहारी-अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना
-प्राकृतिक ग्यास पाइप लाइन (गोरखपुरदेखि सुनवल)  
-ऊर्जा व्यापार सम्झौता  
-व्यापार घाटा  
-धार्मिक सर्किट (बुद्ध र हिन्दु)
-विराटनगर फिल्ड अफिस 

आजको नागरिक दैनिकको पहिलो पृष्ठमा सुरेन्द् पौडेलको टिप्पणी छापिएको छ ।

मुद्दा राजकीय भ्रमण नेपालले भारत

विशेष