मुख्य समाचार राजनीति

प्रधानमन्त्रीलाई नयाँदिल्लीमा गृहमन्त्री सिंहले गरे स्वागत

प्रधानमन्त्रीलाई नयाँदिल्लीमा गृहमन्त्री सिंहले गरे स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमामा पुगेका छन् । 

 

उनलार्इ विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंह र अर्थराज्यमन्त्री प्रताप शुक्लाले स्वागत गरेका हुन्  ।  भाजपा पूर्वअध्यक्ष समेत रहेका गृहमन्त्री सिंह ओली सवार नेपाल एयरलाइन्सको जहाज ओर्लिनुभन्दा केही समय अघि नै विमानस्थल आइसकेका थिए । 

 

नयाँदिल्लीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मी र नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीलगायतले स्वागत गरेका थिए । 

 

 प्रधानमन्त्री ओली शुक्रबार विहान ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले शनिबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राजकीय भारत भ्रमण प्रधानमन्त्री ओली गृहमन्त्री सिंहकाे स्वागत

विशेष