मुख्य समाचार राजनीति

प्रधानमन्त्री दिल्ली जानुअघि ३० सचिवको किन भयाे सरुवा ?

प्रधानमन्त्री दिल्ली जानुअघि ३० सचिवको किन भयाे सरुवा ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा उड्नुअघि एक साथ ३० जना सचिवहरुको सरुवा भएको छ । निजामती तहको माथिल्लो तहमा व्यापक हेरफेर गर्ने क्रममा ओली सरकारले अधिकांश मन्त्रालयका सचिवहरुको फेरबदल गरेको हो ।

 

ओली मन्त्रिपरिषद्ले आफ्नो सरकारलाई काम गर्न अनुकुल हुने गरी सचिवहरुको सरुवा गरेको हो । सरुवाको सूचीमा देशको आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको गृहमन्त्रालयका सचिव पनि परेको छ ।

 

को कहाँ पुगे ?

सरकारले गृहमन्त्रालयमा प्रधानमन्त्रीको कार्यालयमा रहेका प्रधानमन्त्रीको कार्यालयका सचिव प्रेमकुमार राईलाई पठाएको छ । गृहमा रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ । त्यसैगरी शिक्षा मन्त्रालयमा खगराज बराललाई लगिएको छ भने शिक्षाका मधु रेग्मी सार्वजनिक खरिद कार्यालयमा पुगेका छन् ।

 

कृषिमन्त्रालयका सचिव विश्वनाथ ओलीलार्य वन वातावावरण मन्त्रलायमा सरुवा गरिएको छ । राष्ट्रिय योजना आयोगको कार्यालयमा प्रधानमन्त्रीको कार्यालयबाट शरदचन्द्र पौडेललाई पठाइएको छ ।

 

अर्थ मन्त्रालयको जिम्मेवारी राजन खनाललाई दिइएको छ । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा थिए । सरकारले अख्तियारमा सार्वजनिक खरिदको कार्यालयबाट महेश्वर न्यौपानेलाई पठाएको छ । त्यसैगरी खानेपानी मन्त्रालयमा कृष्णराज बिसीलाई सरुवा गरिएको छ भने खानेपानीका सचिव गजेन्द्र ठाकुरलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

 

सरकारले सिचाइँ मन्त्रालयमा सचिव सञ्जय शर्मालाई पठाएको छ । त्यस्तै उपराष्ट्रपतिको कार्यालयबाट लालशंकर घिमिरेलाई प्रमको कार्यालयमा सरुवा गरिएको छ ।

 

सचिव सरुवा सूची

१.प्रेमकुमार राई प्रधानममन्त्री कार्यालयबाट गृह मन्त्रालय


२. राजन खनाल अख्तियारबाट अर्थमन्त्रालय


३. खगराज बराल प्रधानमन्त्री कार्यालयबाट शिक्षामन्त्रालय


४. डा विश्वानाथ ओली पशु विकासबाट वन तथा वातावरण मन्त्रालय


५.महेन्द्रबहादुर गुरुङ प्रधानमन्त्री कार्यालयबाट सूचना तथा सञ्चार मन्त्रालय


६.महेश्वर न्यौपाने सार्वजनिक खरिद अनुगमनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग 


७. मोहन कृष्ण सापकोटा गृहबाट युवा तथा खेलकुद


८. महेश दाहाल युवा तथा खेलकुदबाट श्रम तथा रोजार 


९. शंकर अधिकारी अर्थ मन्त्रालयबाट उपराष्ट्रपति कार्यालय 


१० लालशंकर घिमिरे : उपराष्ट्रपति कार्यालयबाट प्रम कार्यालय 


११ कृष्ण राजविसी : प्रम कार्यालयबाट खानेपानी विकास मन्त्रलायमा


१२. गजेन्द्र कुमार ठाकुर : खानेपानी मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालयमा


१३. मधु रेग्मी : शिक्षामन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय 


१३. केदारबहादुर अधिकारी : सूचना तथा सञ्चारबाट प्रधानमन्त्री कार्यालय


१४ मधुसुदन अधिकारी : पुर्ननिर्माण प्राधिकरणबाट भौतिक पुर्वाधार तथा यातायात


१५, देवेन्द्र कार्की : भौतिकबाट नेपाल ट्रष्टमा 


१६ सञ्जय शर्मा : विज्ञान तथा प्रविधिबाट सिचाई मन्त्रालयमा


१७. लक्ष्मण मैनाली : श्रम मन्त्रालयबाट प्रम कार्यालय 


१८ अर्जुन कार्की : नेपाल ट्रष्टबाट पुननिर्माण प्राधिकरण 


२९. प्रकाश माथेमा वातावरणबाट कृषि तथा पशु विकासमा


२०. विष्णु लम्साल योजना आयोगबाट रक्षामन्त्रालयमा


२१. विनोद केसी रक्षामन्त्रालयबाट उपराष्ट्रपति कार्यालय 

केपी शर्मा ओली सचिव सरुवा प्रधानमन्त्रीको कार्यालय

विशेष