अाेलीकाे गुणगान गाउने मिडियाहरू निरंकुशता लगाएपछि अाफै थाहा पाउँछन्ः डा कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमादले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राज्यका सबै निकायमा कब्जा जमाएर देशलाई निरंकुशतातर्फ लगिरहेको बताएका छन्।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै डा कोइरालाले नेपालका मिडिया पनि ओलीको गुणगानमै ब्यस्त रहेको बताए ।
‘सबै निकाय ओलीजीले कब्जा गरिसक्नुभयो, उहाँ अब सुरक्षानिकाय कब्जा गर्ने तयारीमा हुनुहुन्छ’, कोइरालाले भने, ‘बिस्तारै सञ्चारमाध्यम र सामाजिक सञ्जालमाथि पनि सेन्सर लगाएर अगाडि बढ्दै हुनुहुन्छ। ओलीजीले मिडियामाथि सेन्सर लगाएको दिन दुनियाँलाई थाहा होला, कम्युनिष्ट निरंकुशताको स्वरूप ।’
२३ वर्षअघि एमालेबाटै रद्द गराइएको अरूण तेस्रो जलविद्युत् आयोजना ओलीबाटै शिलान्यास हुनु राम्रै भएको उनले बताए । कोइरालाले ढिलै भएपनि एमालेको बुद्धि फिरेको पनि बताए । कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।