राजनीति प्रदेश ४

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भने- कानुन बनाउन र कार्यान्वयन गर्न सरकारलाई दबाब दिन्छु

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना भने- कानुन बनाउन र कार्यान्वयन गर्न सरकारलाई दबाब दिन्छु

पोखरा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान बमोजिमका कानुनहरू निर्माण गर्ने र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने बताएका छन्।

 

शनिबार पोखरामा आयोजित कार्यक्रममा तिमिल्सिनाले कानुनको अभावमा स्थानीय, प्रदेश र संघीय सरकारलाई काम गर्न अप्ठ्यारो परेको गुनासो आएकाले संसदमार्फत छिटोभन्दा छिटो कानुन निर्माण गर्न लागि पर्ने उल्लेख गरे।

 

तीन चरणको निर्वाचन सम्पन्न भई देश स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्ने अठोट गरेकोले कानुनका कारण बाधा पुग्न नहुने बताए। उनले नयाँ जनादेश प्राप्त  सरकारले पनि समृद्धिलाई मुख्य मुद्दा बनाएकाले संसदले छिटो कानुन दिएर सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

 

‘संविधान अनुसार गठित स्थानीय, प्रदेश र संघीय सरकारले  संविधान बमोजिमको अधिकार प्रयोग गरेर अगाडी बढ्नुपर्छ’, उनले भने, ‘राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिनु अगाडि नै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको हुँ म अहिले साझा मान्छे हो। राम्रा कुरामा प्रतिपक्षलाई पनि साथमा लिएर अगाडि बढ्छु।’

कानुन निर्माण राष्ट्रियसभा अध्यक्ष संघीय सरकार

विशेष