धनगढीमा विप्लवका कार्यकर्ता र प्रहरीबिच दोहोरो झडप, १६ घाइते
धनगढी । धनगढीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबिच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसरमा वर्तमान सरकार विरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबिच धनगढीको ट्राफिक चौराहमा झडप भएको हो ।
प्रहरीले प्रशासनबाट अनुमति विना नै -याली निकालेर सडक बन्द गर्न खोजेको र रोक्न खोज्दा प्रहरीमाथि हातपात गरेकाले झडप भएको जनाएको छ । धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो ।
नेकपाले भने जनआन्दोलन दिवस मनाईरहँदा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएको छ । उसले आफ्ना १६ जना कार्यकर्ताहरु झडपमा घाईते भएको र एकोहोरो झडप भएको दावी गरेको छ । प्रहरीमाथि नै हातपात गर्न खोजेपछि १५ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव धनगढी नेपाल कम्युनिष्ट पार्टी दोहोरो झडप