‘घुस मागे भने मलाई फोन गर्नुस्, ठाउँको ठाउँ कारबाही गर्छु’ : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले घुस खाने जो कोहिलाई पनि प्रदेश सरकारले नछाड्ने चेतावनी दिएका छन् । माडवरी यशोसियसनको २३ औँ वार्षिक साधरणसभामा बोल्दै मुख्यमन्त्री पौडेलले यस्तो चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै पौडेलले भने, ‘घुस मागे भने मलाई फोन गर्नुस् ठाउँको ठाउँ कारबाही गर्छु ।’ घुसले सुशासनमा गम्भिर असर गरेको भन्दै उनले प्रदेश नम्बर ३ लाई सुशासनको दृष्टिले पनि उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको संविधानमा पनि जातजाती, भेषभुषा तथा धर्म संस्कृतिको नाउँमा कसैलाई विभेद गर्न नपाउने व्यवस्था भएको सन्र्दभममा मधेसी र माडवरीको नाउँमा विभेद गर्ने जो कोहिलाई पनि कारवाही गर्ने उनले बताए ।
उनले भने, ‘यदि कुनै सरकारी कार्यालय या सार्वजनिक स्थानमा मधेशी भएको नाउँमा तपाईंहरुलाई विभेद गरियो भने हामीलाई भन्नुस्, उनीहरुलाई कारबाही गर्ने छौं ।’
कुरीति अन्त्यको लागि आफूहरुले २४ औं घण्टा सुचारु हुनेगरि हटलाईन सेवा प्रारम्भ गर्न लागेको समेत उनको भनाई रहेको छ ।
घुस चेतावनी डोरमणी पौडेल प्रदेश नम्बर ३