देश मुख्य समाचार प्रदेश ३

नेपालको मिचिएको भू–भाग फिर्ता माग्दै काठमाडौंमा प्रदर्शन

नेपालको मिचिएको भू–भाग फिर्ता माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपालको मिचिएको भू–भाग फिर्ता पाउनु पर्ने माग गर्दै शनिबार काठमाडौंको खुल्लामञ्चमा प्रदर्शन गरिएको छ । नेपालको प्राचिन भौगोलिक स्वरूप, त्यहि इतिहासको विशाल भू–भाग र विगतका असमान सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरिएको हो । 

 

ग्रेटर नेपालको आयोजनामा मानिस भेला भएर प्राचिन नेपालको भौगोलिक स्वरूपलाई प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले  नेपालसँग भएका विगतका असमान सन्धि र सम्झौता खरेज गर्न पनि माग गरेका छन् ।

 

 नेपालको प्राचिन भुभाग अहिले केहि भाग भारत र केहि भाग चिन तर्फ पर्छ । जुन भु–भाग फिर्ता गर्नु पर्ने मागसहित ग्रेटर नेपालले दबाब दिइरहेको छ । 

ग्रेटर नेपाल प्रदर्शन मिचिएको भू–भाग

विशेष