राजनीति प्रदेश १

यो तुफानअघिको सन्नाटा हो, घण्टामा सय किलोमिटर दौडने तयारी छः श्रम मन्त्री

यो तुफानअघिको सन्नाटा हो, घण्टामा सय किलोमिटर दौडने तयारी छः श्रम मन्त्री

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अहिले सरकारी सुस्ताएको जस्तो देखिएपनि केही समयमा नै परिणाम देखिन थाल्ने बताएका छन् । उनले आफ्ना मन्त्रालय अन्तरगतको केही विषयमा जनताले महसुस गर्ने गरी केही समयमै प्रतिफल आउने बताए ।

 


शनिवार नेकपा एमालेको धनकुटा काठमाडौं सम्पर्क मञ्चले आयोजना काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बिष्टले आफूहरु ‘तुफान’ ल्याउने तयारीमा रहेको बताए ।

 

‘अहिलेको अवस्था तुफान आउनुअघिको हो । थोरै सन्नाटा जस्तो लाग्न सक्छ,’ मन्त्री बिष्टले भने,’अब तुफान आउँछ । त्यसैले हामी घण्टामा सय किलोमिटर दौडने तयारीमा जुटेका छौं ।’

 


वैदेशिक रोजगारीमा देखिएको बेथितीप्रति संकेत गर्दै उनले तीन दशकसम्म थुप्रिएको फोहोर पन्छाउन केही समय लाग्न सक्ने बताए । केही महिना धैर्य गर्न आह्वान गर्दै मन्त्री बिष्टले बेथितिविरुद्ध आफू नरम नहुने संकेत गरे ।

 


विदेशिने युवालाई देशभित्रै रोजगारी दिने कार्यक्रम आवश्यक देखिएको भन्दै मन्त्री बिष्टले सरकारले त्यसबारे निकै गम्भिरतापूर्वक सोचेर काम गर्ने बताए ।

गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री

विशेष