मुख्य समाचार राजनीति

जलमार्गबाट सामान ओसार पसार गर्न भारतसँग समझदारी

जलमार्गबाट सामान ओसार पसार गर्न भारतसँग समझदारी

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा दुई देशबीच अन्तर्देशीय जलमार्ग विकासका विषयमा पनि समझदारी भएको छ ।

 

जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसार पसार गर्न सकिने कुरामा दुई देशका प्रधानमन्त्री सहमत भएका छन् ।


अन्तर्देशीय जलमार्गका विषयमा दुई देशका प्रधानमन्त्रीले ऐतिहासिक निर्णय लिएको भन्दै समझदारीपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसार पसार गर्न अन्तर्देशीय जलमार्गको विकास गर्ने उल्लेख गरिएको छ ।


‘नेपाल र भारतका प्रधानमन्त्री अन्तर्देशीय जलमार्गको सम्भावनालाई स्वीकार गर्दै यसलाई आर्थिक विकासमा सहयोगी बनाउन सहमत भएका छन्’ समझदारीपत्रमा भनिएको छ ।


अन्तर्देशीय जलमार्गको व्यवस्थाले नेपाललाई समुद्रसम्मको पहुँच दिने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ । यसले सामान ओसारपसारमा सहज हुनुका साथै लागतसमेत घटाउनेछ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्देशीय जलमार्गले नेपालको ब्यापार तथा आर्थिक विकासमा भयंकर ठूलो सहयोग गर्ने बताएका समझदारीपत्रमा उल्लेख गरिएको छ ।

 

जलमार्ग समझदारी नेपाल र भारत

विशेष