मुख्य समाचार राजनीति

स्थानीय तहमा नजान मन्त्रीको सोर्सफोर्स लाउदै कर्मचारी

स्थानीय तहमा नजान मन्त्रीको सोर्सफोर्स लाउदै कर्मचारी

काठमाडौं । स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी अभाव भइरहेको अवस्थामा विभिन्न स्थानीय तहमा कार्यरत दर्जनैां कर्मचारी केन्द्रीय सरकार तथा प्रदेश सरकारका मन्त्रीको सोर्सफोर्स प्रयोग गर्दै मन्त्रीकै सचिवालयमा आउने प्रयासमा जुट्न थालेका छन्। 

 

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा रहेका उपसचिव, अधिकृत तथा अन्य सुब्बा र खरिदारसमेत स्थानीय तहबाट केन्द्रका विभिन्न मन्त्रालय तथा प्रदेशको मन्त्रालयमा आउन विभिन्न मन्त्रीकै सोर्सफोर्स लगाउन थालेको पाइएको छ।


 सरकारले देशभरका ७ सय ५३ वटा स्थानीय तह र ७७ वटा जिल्ला समन्वय समितिमा गरेर ५७ हजार ३ सय ५४ कर्मचारीसहितको नयाँ दरबन्दी संरचना स्वीकृत गरिसकेको छ।

 

सो दरबन्दीमध्ये हाल स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी रिक्त अवस्थामा छ। पछिल्लो समय ५ महिनाअघि नै स्थानीय तहमा खटाइएका १५ सय कर्मचारीमध्ये हालसम्म ५ सय कर्मचारी कार्यथलोमै पुगेका छैनन्।


 स्थानीय तहमा पुगेका कर्मचारी पनि विभिन्न बहाना बनाउँदै त्यहाँबाट अन्यत्र सरुवा हुन खोज्ने प्रवृत्ति बढेको संघीय मामिला मन्त्रालयले जनाएको छ।

स्थानीय तह कर्मचारी सोर्सफोर्स

विशेष