राजनीति

खड्काको निधनले कांग्रेसको चुनावी समीक्षा वैशाखसम्मै लम्बिने

खड्काको निधनले कांग्रेसको चुनावी समीक्षा वैशाखसम्मै लम्बिने

काठमाडौं । कांग्रेसको चुनावी समीक्षा बैठक वैशाखसम्म तन्किने भएको छ । केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनमा पाँचदिने शोक र सात दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको कांग्रेसले चुनावी समीक्षा बैठक अब वैशाखको पहिलो हप्ता मात्र गर्ने भएको छ । 

 

कांग्रेसको चुनावी समीक्षा बैठक ९ चैतबाट सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार चुनावी समीक्षा बैठक ३ वा ४ वैशाखमा हुनेछ।

 

यसअघि चुनावी समीक्षाका लागि पाँच दिन बैठक चलेको थियो । यसबीचमा पनि स्थगित हुँदै बैठक सञ्चालन भएको थियो । जसमा ४३ केन्द्रीय सदस्यले बोलेका थिए । अब बैठक चलेपछि तीन दिनमा बैठक सकाउने तयारी छ ।

काँग्रेस चुनावी समीक्षा

विशेष