मुख्य समाचार राजनीति

भारतद्वारा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

भारतद्वारा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँदिल्ली । भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘गार्ड अफ अनर‘ प्रदान गरेको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।

गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई संक्षिप्त सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध सुमधुर रेहेको बताए ।  उनले भारतका तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।

 

प्रधानमन्त्री ओली सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए । अब प्रधानमन्त्री ओलीले महात्मागान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्रीले औपचारीक स्वागत पनि गरेका छन् । 

राजकीय भारत भ्रमण प्रधानमन्त्री अाेली ‘गार्ड अफ अनर’

विशेष