राजनीति

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपति कोविन्दबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपति कोविन्दबीच भेटवार्ता

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गरेका छन् । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले शनिबार बिहान राष्ट्रपति भवनमा कोविन्दसँग भेटवार्ता गरेका हुन् ।

 

ओलीले गार्ड अफ अनर लिएपछि राष्ट्रपति कोविन्दसँग भेटवार्ता गरेका थिए । शिष्टाचार भेटवार्तामा दुईदेशबिचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको बुझिएको छ ।

 

ओलीलाई भारत सरकारले राष्ट्रपति भवनमा विशेष सम्मान गदै गार्ड अफ अनर प्रदान गरेको छ । 

प्रधानमन्त्री ओली राष्ट्रपति कोविन्द

विशेष