दिल्लीमा रिमोट दबाएर प्रधानमन्त्री ओली र मोदीले गरे पाइपलाइन र एकीकृत जाँच चौकीको उद्घाटन
प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीले भारतको मोतीहारी र नेपालको अमलेखगञ्ज जोड्ने पाइपलाइन र वीरगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन गरेका छन्।
दिल्लीस्थित हैदरावाद हाउसमा दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नु अगाडि दुई आयोजनाको उद्घाटन गरेका हुन्।
वीरगञ्ज रक्सौल एकीकृत जाँच चौकी भारतीय सहयोगमा निर्माण भएको हो। भारतले जाँच चौकी नेपाललाई हस्तान्तरण समेत गरेको छ। जाँच चौकीमा बोर्डर सुरक्षाकर्मीदेखि अध्यागमनको कार्यालय समेत रहनेछ।
प्रधानमन्त्री ओली नरेन्द्र मोदी पाइपलाइन एकीकृत जाँच चौकी