जेलमै बालबािलकालाई लेखपढकाे अवसर

खोटाङ । जिल्ला कारागार शाखा खाटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ ।
विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम राइ, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ४ वर्षका रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खाका डेढ वर्षकी उर्मिला विश्वकर्मालाई कारागारभित्रै लेखपढको व्यवस्था मिलाइएको हो।
दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरिदिएको १ लाख अक्षय कोषबाट आश्रित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाएको कारागार शाखाका प्रमुख चित्रखर आचार्यले बताए। याे खबर अाजकाे नागरिक दैनिकमा छ ।