अन्तरवार्ता राजनीति प्रदेश ६ भिडियो

जनआन्दोलनका घाइतेले रुँदै भने, ‘सरकारले हाम्रो घाउमा मल्हम पनि लगाइदिएन’ (भिडियाे)

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई आन्दोलन घाइतेले सोधेः भत्ता खान लाज छैन तिमिलार्इ ?

जनआन्दोलनका घाइतेले रुँदै भने, ‘सरकारले हाम्रो घाउमा मल्हम पनि लगाइदिएन’ (भिडियाे)

काठमाडौं । नेपालमा २०६२/०६३ मा भएको जनआन्दोले २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर देशमा लोकतन्त्रिक गणतन्त्र स्थापन गर्यो । विडम्वना, जसका लागि जीवनको आहुती दिएकाहरुको भने अवस्था उस्तै छ ।

 

कोही अहिले सन्न्यांसी भएका छन् । कोही मृत्युसँग संर्घष गरिरहेका छन् । थुप्रै खाडीमा जोतिँदै छन् । जनआन्दोलको प्रमुख नेतृत्वकर्ता दल अहिलेको माओवदी केन्द्र जसलाई प्रयोग गरेर सत्तामा पुग्यो । प्रगतिशील भनिएको उही माओवादीले नै बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

 

२०६२ साल चैत २४ गते सुरु भएको विशाल जनआन्दोलनले नै राजतन्त्रलाई हटाउने निर्णायक भुमिका खेल्यो । त्यसबेला केहीको ज्यान नै गयो भने हजारौँ घाइते भए ।

तिनै घाइतेमध्ये एक हुन् धादिङका नन्दप्रसाद रुपाखेती । महाराजगन्जस्थित चप्पल कारखानामा काम गर्दैआएका उनी गणतान्त्रिक सरकारले आफूहरुको योगदानलाई चटक्कै बिर्सेको बताउँछन् ।

 

नेपालआजले उक्त आन्दोलमा घाइते भएर कष्टपूर्ण जीवन भोगिरहेका रुपाखेतीसँग कुराकानी गरेको छ । अन्तरवार्ताको क्रममा उनले भावविह्वल हुँदै गुनासो पोखेका छन् ।
 

‘जनआन्दोलनका सहिद परिवार र घाइतेलाई सरकारले अवहेलना गर्यो । राजनीतिक दलले जनआन्दोलनलाई सार्थकता दिन सकेनन् । सत्ता र भत्तातामा केन्द्रित भए,’ रुपाखेती भन्छन्,  ‘जुन आशा र अपेक्षाका साथ जनाआन्दोलनमा लागिएको थियो । यथार्थमा त्यो अझै पूरा नभएकोमा दुख लाग्छ ।’

 

प्रचण्डाका मिठा भाषणले अहिले तितो अनुभुति हुने पनि उनको गुनासो छ । जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता दल प्रमुख नेतृत्वले देश सञ्चालन गर्ने अवसर पाउँदा पनि घाइतेको घाउमा लगाउने मल्हम समेत दिन कन्जुस्याइँ गरेको उनी बताउँछन् ।

 

आन्दोलनका सहिद परिवार र घाइतेमा माओवादी पार्टीप्रति बढ्दो आक्रोश रहेको रुपाखेतीले बताए । बोलेका कुराहरु पूरा गर्न नसक्दा प्रमुख नेतामाथि चप्पल प्रहार हुनु स्वभाविक रहेको उनको बझाइ छ । अहिले राजनीतिक दलका नेताहरुको व्यावाहार देखेर बिरक्त लाग्ने दुखेसो पोखेका छन् ।

 

रुपाखेतीले थपे, ‘प्रचण्ड, बादल, जनार्दन, महेन्द्र शाही लगायत नेताले आम जनतामाझ माफी माग्नुपर्छ । र अब आफूले बोलेका कुरालाई पूरा गर्नतिर लाग्नुपर्छ । हाम्रो पनि सम्मान गर्नुपर्छ ।’

 

यस्तै रुपाखेतीले माओवादी–एमाले पार्टी एकता गर्दा पनि जनयुद्धलाई एकीकृत पार्टीको विधानमा राख्न जरुरी रहेको बताए । लोकतन्त्रिक गणतन्त्र आउनुममा युद्धको ठूलो भुमिका रहेको बताउँछन् ।
  
 

प्रचण्ड नन्दप्रसाद रुपाखेती लोकतन्त्रिक गणतन्त्र २०६२/०६३ जनआन्दोलन

विशेष